निर्वाचनमा जान सबै दल तयार रहेको मन्त्री खरेलको दाबी

२०८२ पुष १२ शनिवार
सारांश
  • निर्वाचनमा जाने प्रतिबद्धता जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

काठमाडौं: आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् ।

 

आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

 

उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीज्यूले बोलाएको उच्चस्तरीय वार्तामा चुनाव केन्द्रित विषयमा छलफल भयो । बैठकले चुनावमा जाने सहमति तीन ठूला दलका शीर्ष नेताहरु र प्रधानमन्त्रीबीच कायम भएको छ । अब चुनावमा सहभागी हुने कुरा प्रमुख र अन्य राजनीतिक दलबीच पनि सहमति भएको जानकारी यहाँहरुलाई गराउँछु ।’

 

शनिबार प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संस्थापक पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार