बालेन सक्रिय भएपछि हर्क साम्पाङको कटाक्ष

२०८२ पुष १० विहिवार
सारांश
  • सामाजिक सञ्जालमा लेख्दै साम्पाङले जेनजीलाई उक्साएर मर्न लगाएर जेनजीको अन्त्यष्टिमा समेत ननिस्किएर लुकेर गेम खेल्ने गेमर पनि चुनावमा आउने भन्दै कटाक्ष गरेका हुन् ।

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाहले राजनीतिमा आउन सक्रियता बढाएपछि कटाक्ष गरेका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले जेनजीलाई उक्साएर मर्न लगाएर जेनजीको अन्त्यष्टिमा समेत ननिस्किएर लुकेर गेम खेल्ने गेमर पनि चुनावमा आउने भन्दै कटाक्ष गरेका हुन् ।

 

जेनजी आन्दोलनअघि नजिकको सम्बन्ध भएका बालेन र साम्पाङ जेनजी आन्दोलनपछि आफुलाई प्रधानमन्त्री बन्न सहयोग नगरेको भन्दै साम्पाङले बालेनलाई लगातार सामाजिक सञ्जालमा आक्रमण गर्दै आएका छन् ।

 

बालेनले फागुन २१ को निर्वाचनको समानुपातिक सुची बुझाउने पुष १३ र १४ को मिति नजिकिदै गर्दै राजनीतिक सक्रियता बढाएपछि राजनीति वृत तरंगित बनेको छ ।

 

 बालेनले हिजो बुधबार र आज राजनीतिक दलका नेताहरु, अभियन्ता र जेनजी आन्दोलनका नेताहरुसँग छलफल गरेर राजनीतिमा सक्रिय हुने तयारी गरिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार