क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान गरेको छ- प्रधानमन्त्री कार्की

२०८२ पुष १० विहिवार
सारांश
  • क्रिसमस डे को अवसरमा शुभकामना दिदै प्रधानमन्त्री कार्कीले क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएकी हुन् ।

काठमाडौँ : प्रधानमन्त्री सुशिला कार्कीले विविध धर्म, भाषा र संस्कृतिको संगम रहेको मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएकी छन् ।

 

क्रिसमस डे को अवसरमा शुभकामना दिदै प्रधानमन्त्री कार्कीले क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएकी हुन् ।

 

उनले भनेकी छन्:    

इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

 

प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् । विविध धर्म, भाषा र संस्कृतिको संगम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । यस पावन अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । क्रिसमस डे-२०२५ को हार्दिक मंगलमय शुभकामना ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार