- बालेनले विहिबार मात्र उर्जामन्त्री कुलमान घिसिङदेखि डा. बाबुराम भट्टराईसम्म भेटवार्ता गरेका छन् । बालेनलाई भेट्न कुपण्डोलमा एक पछि अर्को गर्दै नेताहरु पुगेका थिए ।
काठमाडौँ: काठमाडौँ महानगरका प्रमुख बालेन शाहले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा विभिन्न राजनीतिक दलका नेताहरु, सामाजिक अभियन्ता र जेनजी नेताहरुसँग परामर्श गर्दै आफ्नो राजनीतिक सक्रियता बढाएका हुन् ।
बालेनले विहिबार मात्र उर्जामन्त्री कुलमान घिसिङदेखि डा. बाबुराम भट्टराईसम्म भेटवार्ता गरेका छन् । बालेनलाई भेट्न कुपण्डोलमा एक पछि अर्को गर्दै नेताहरु पुगेका थिए ।
बालेनले आज पनि रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए । बालेन र लामिछानेको आज पनि तीन घण्टाभन्दा बढी समय भेटवार्ता भएको थियो । भेटपछि लामिछानेले स्पष्ट जानकारी नदिएपनि मेरो अनुहार हेरेर के लाग्छ ? भन्ने जवाफ दिएका थिए ।
त्यस्तै निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि बालेन र लामिछानेको भेट जारी रहेकै समयमा पुगेका थिए । भेटपछि अमरेशले बालेन र रवि मिल्ने दाबि गरे । त्यस्तै आज बालेनलाई भेट्न हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार पनि पुगेका थिए । त्यस्तै डा. बाबुराम भट्टराईले पनि कुपण्डोल पुगेर बालेनसँग भेट गरेका छन् ।
त्यसअघि आजै काँग्रेस नेता सुनिल कुमार शर्मा, जेनजी अभियन्ता सागर ढकाल, रक्षा बम लगायतले बालेनसँग छलफल गरेका थिए । आजै बिहान उर्जामन्त्री कुलमान घिसिङसँग पनि बालेनको छलफल भएको थियो । बालेनसँगको भेटपछि कुलमानले आज उज्यालो पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा सबै नयाँ शक्तिहरु एक ठाउमा आउने दाबि गरेका छन् ।
बालेनले सक्रिय राजनीतिमा आउने निश्चय गरेसँगै बुधबार काँग्रेस नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाही, नाउपाका संरक्षक रेशम चौधरी, डा. भगवान कोइरालासहित दर्जनभर स्वतन्त्र व्यक्ति र नेताहरुसँग छलफल गरेका थिए ।
बालेनले सकेसम्म सबै नयाँ शक्तिलाई एक ठाउमा ल्याउने नभए आफ्ना शुभचिन्तकहरुले दर्ताको गरेको देश विकास पार्टीबाट चुनावमा जाने तयारी गरेको उनी निकट व्यक्तिहरुले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।