रास्वपाको केन्द्रीय कार्यालयमा मन्त्रीसहितको सरकारी टोली, निर्वाचन केन्द्रीत छलफल
२०८२ पुष ०९ बुधवार
- सरकारी टोलीले रास्वपासँग निर्वाचनको वातावरण बनाउने विषयमा छलफल गरेको थियो ।
काठमाडौँ : मन्त्रीसहितको सरकारी उच्चस्तरीय राजनीतिक संवाद कार्यदलको राजनीतिक टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा अवलोकन तथा छलफल गरेको छ ।
सरकारी टोलीले रास्वपासँग निर्वाचनको वातावरण बनाउने विषयमा छलफल गरेको थियो ।
छलफलका लागि कार्यदल संयोजक तथा कानुनमन्त्री अनिलकुमार सिन्हा, सुचना तथा सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनालसहितको टोली रास्वपा कार्यालय पुगेको थियो । कार्यालयमा रास्वपाका उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहले सरकारी टोलीलाई स्वागत गर्दै छलफल गरेको थियो ।
सरकारी टोलीले आजै जनमत पार्टी र राप्रपा कार्यालय पुगेर छलफल गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।