राष्ट्रिय सभाको निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
२०८२ पुष ०९ बुधवार
- पुष १६ गतेदेखि सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं: निर्वाचन आयोगले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जन जिल्ला न्यायाधीशलाई यहिँ पुष १५ गतेबाट लागू हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नियुक्त भएका निर्वाचन अधिकृतले यहिँ पुष १६ गतेदेखि सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।
आयोगले कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई, मधेश प्रदेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरी, बामगती प्रदेशमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठ, गण्डकी प्रदेशमा कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्वासे, लुम्बिनी प्रदेशमा दाङ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डित, कर्णाली प्रदेशमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाल र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’