मनोनयन दर्ता गर्ने समयमा मन्त्रीबाट राजीनामाको निर्णय लिन्छु- कुलमान घिसिङ

२०८२ पुष ०९ बुधवार
सारांश
  • आफ्नो सय दिनको कार्यकालमा गरेका कामको विवरण सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले मन्त्री बनेपछि आफु राजनीतिमा प्रवेश गरेको बताउदै निर्वाचनका लागि मनोनयन गर्ने समयमा राजीनामा बारे निर्णय लिने स्पष्ट गरेका हुन् ।

काठमाडौँ : उर्जामन्त्री कुलमान घिसिङले चुनावको मनोनयन दर्ता गर्ने समयमा राजीनामा बारे निर्णय लिने स्पष्ट गरेका छन् ।

आफ्नो सय दिनको कार्यकालमा गरेका कामको विवरण सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले मन्त्री बनेपछि आफु राजनीतिमा प्रवेश गरेको बताउदै निर्वाचनका लागि मनोनयन गर्ने समयमा राजीनामा बारे निर्णय लिने स्पष्ट गरेका हुन् ।

 

उनले भने- ' मन्त्रीको हैसियतमा आएपछि मैले राजनीतिमा इन्ट्री भए भनेको छ । मन्त्रीको हैसियतले अहिले जिम्मेवारीलाई बहन गरेको छ । उपयुक्त समयमा जुन बेला हामी चुनावमा जान्छौं, मनोनयनको समय आउछ, उपयुक्त समयमा आवश्यक निर्णय गर्छौं भने पछि तपाइहरुले बुझ्नु भएको होला ।'

 

मन्त्री घिसिङले चुनावमा सबै नयाँ शक्तिहरु मिलेर जानुपर्छ भन्नेमा एक रहेको बताउदै आगामी चुनावपछि सहि नेतृत्व आउनका लागि सबैले आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्ने बताए । उनले आफै मात्र ठिक भनेर जान नहुने भन्दै नयाँ शक्तिहरु सबै एक ठाउमा आउनुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार