सरकारलाई एमालेको सन्देश- अध्यक्षलाई स्थान हद तोकिएको अवस्थामा निर्वाचनमा जान सक्दैनौं
२०८२ पुष ०८ मङ्गलवार
- मंगलबार पार्टी कार्यालय च्यासलको अनुगमन गर्न गएका सरकारका मन्त्रीहरुसहितको सरकारी टोलीसँग एमालेका नेताहरुले अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान नसकिने सरकारलाई स्पष्ट गरेका हुन् ।
काठमाडौं :नेकपा एमालेले आफ्ना अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान नसकिने सरकारलाई स्पष्ट गरेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलको अनुगमन गर्न गएका सरकारका मन्त्रीहरुसहितको सरकारी टोलीसँग एमालेका नेताहरुले अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान नसकिने सरकारलाई स्पष्ट गरेका हुन् ।
एमाले उपमहासचिव रघुवीर महासेठले पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा एमाले निर्वाचन जान नसक्ने स्पष्ट पारेका थिए । महासेठले चुनावी वातावरण बनाउने काम एमालेको नभइ सरकारको भएकाले स्थानहद तोक्ने निर्णय हटाउन सुझाव दिएका थिए ।
सो अवसरमा सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारीका बारेमा छलफल भएको र एमालेका नेताहरुले चुनावी वातावरण बनाए निर्वाचनमा भाग लिने जानकारी गराएको जानकारी दिए ।
मन्त्री खरेलले कुनै पनि नेता वा कार्यकर्तालाई निर्वाचन प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्ने समेत बताए ।
भदौ २४ गते ध्वस्त भएको एमालेको पार्टी कार्यालय अनुगमन गर्न सरकारी टोली आज अनुगमनका लागि गएको हो । सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीलेसरकारी टोलीले आजै नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयको पनि अनुगमन गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।