रवि लामिछानेको टिप्पणी- ओलीले लगाएको गुन तिर्न अदालत धाउदैछु
२०८२ पुष ०७ सोमवार
- लामिछानेले ओलीले एक अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न अदालतमा धाइरहेको प्रतिक्रिया दिएका छन् ।
सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीले एक अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् ।
लामिछानेले भने, ‘गुन लाइदिनु भएको छ नि केपी ओलीजीले, खुब गुन लगाए भन्नु भएको थियो, त्यहि उहाँले लगाएको गुन तिर्न आएको छ । सात दिन भित्र बाँकी सबै अदालतमा हाजिर गर्नुपर्ने हुन्छ । दौडा दौड यस्तै चलिरहेको छ । विष शरीर भित्र बाँकी नै छ ।'
एक अन्तर्वार्ताका क्रममा एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई आफूले विगतमा ठुलो गुन लगाएको तर लामिछानेले आफूसँग अनावश्यक दुश्मनी गरेको टिप्पणी गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’