लामिछाने आजदेखि पार्टीको कार्यक्रममा सहभागी हुदै, चितवनमा कार्यकर्तालाई सम्बोधन गर्ने
२०८२ पुष ०५ शनिवार
- बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई छोटो सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् ।
प्रवक्ता मनिष झाका अनुसार लामिछानेआज चितवनको चौबिसकोटीमा बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई छोटो सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सो कार्यक्रमपछि लामिछाने आजै दिउँसो काठमाडौं फर्किएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।
त्यस्तै रास्वपाले भोलि आइतबार दिउँसो ३ बजे, सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
लामिछाने उच्च अदालत बुटवलको आदेशमा शुक्रबारमात्रै बिगो रकम बुझाएर शर्तसहित रिहा भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।