निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न प्रचण्डको सरकारलाई चेतावनी

२०८२ पुष ०५ शनिवार
सारांश
  • प्रचण्डले सरकारले निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्‍यो भने चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

काठमाडौं: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

 

शनिबार काठमाडौँमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्‍यो भने चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । 

 

उनले भने- 'कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला । यदि तपाईंहरूले संविधान बारबार मिच्ने कोसिस नगर्नुहोस् । एकचोटी त मिचिसकेको छ केही हदसम्म, तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौँ । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्‍यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौँ ।ʼ  

 

प्रचण्डले आफूहरूको शक्तिलाई जिस्काएर संविधानसँग फेरि खेलबाड गरियो भने सडकमा आउने समेत चेतावनी दिए । उनले आफुहरु नै जेनजीको सहि अभिभावक भएको भन्दै नेपाली कम्युनिष्ट पार्टीले मात्र जेनजीका माग सम्बोधन गर्न सक्ने बताएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार