युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक: सुमना श्रेष्ठ
२०८२ पुष ०४ शुक्रवार
- स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताइन् ।
काठमाडौं: 'पिपुल फर्स्ट' पार्टीको स्थापना अधिवेशन आजदेखि सुरु भएको छ । शुक्रबार सुरु भएको अधिवेशन शनिबारसम्म गरि दुई दिनसम्म चल्नेछ ।
स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताइन् । युवाले खोजेको आचरण, प्रणाली र जीवनशैलीलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
श्रेष्ठले पछिल्लो समय मुलुकको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै युद्धग्रस्त देशजस्तै उच्च पलायन दर देखिएको बताइन् । उनले युवालाई स्वदेशमै रोक्न शिक्षा प्रणाली सुधार गर्न र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् । तर ती काम गर्नका लागि धेरै समय नभएको पनि उनको भनाइ थियो ।
उनले भनिन्, ‘जेनजीको आन्दोलनपछि देशको परिवेश परिवर्तन भएको छ । युवाहरुले कस्तो आचरण खोज्नु भएको हो, कस्तो सिस्टम खोज्नु भएको हो ? त्यो पनि हामी सबैले अंगिकार गर्न जरुरी छ । गत भदौं २३ र २४ गतेको कुरा गर्दै गर्दाखेरी हाम्रो राज्यको अवस्था कस्तो छ ? हाम्रो पलायन रेट युद्ध भएको देशको जस्तो छ ।
हाम्रा युवाहरुलाई यही देशमा रोक्नका लागि जुन काम गर्नुपर्छ, शिक्षा सुधार्नुपर्छ, रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ तर त्यसको लागि समय धेरै छैन ।’
उनले युवाले चाहेको विकास र जीवनशैली कस्तो हो भन्ने विषय स्पष्ट रूपमा व्याख्या गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । राजनीतिक दलको काम चुनाव जित्ने वा कानुन बनाउने मात्र नभई जनतामा नयाँ सोच र आवश्यकताको माग सिर्जना गर्नु पनि भएको श्रेष्ठको धारणा थियो ।
उनले भनिन्, ‘युवाले खोजेको र चाहेको विकास कस्तो हो त ? हामीले चाहेको लाइफ स्टाइल कस्तो हो त ? यसलाई व्याख्या गर्दै अगाडि जानुपर्छ । राजनीतिक पार्र्टीको काम चुनाव जित्ने मात्रै होइन, कानुन बनाउने मात्रै होइन, राजनीतिक पार्टी र राजनीतिक नेतृत्व एउटा ठूलो जनतामा डिमाण्ड क्रेट गर्ने हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’