अर्घाखाँचीबाट कांग्रेसका उम्मेदवार सिफारिस

२०८२ पुष ०४ शुक्रवार
सारांश
  • जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षमा ८ जना र समानुपातिकमा ६ जना उम्मेदवार सिफारिस गरेको हो ।

बुटवल : नेपाली कांग्रेसले अर्घाखाँचीबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारहरू सिफारिस गरेको छ।

 

जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षमा ८ जना र समानुपातिकमा ६ जना उम्मेदवार सिफारिस गरेको हो ।  त्यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभाका लागि ३ जनाको नाम सिफारिस गरेको छ । 

 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री रेवती प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल ‘मुस्कान’, पूर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष लेखनाथ पोखरेल, डा. मुक्तिराम श्रेष्ठ, डा. जय बहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ, पार्टी उपसभापति बाबुराम पौडेल सिफारिस भएका छन् ।

 

त्यसैगरी समानुपातिकमा पूर्व उपसभामुख पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णु प्रसाद अर्याल सिफारिस भएका छन् ।

 

यस्तै राष्ट्रियसभाका लागि पूर्व सांसद डा. राम बहादुर बिसी, पूर्व पार्टी सभापति पिताम्बर शर्मा भुसाल र पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डे सिफारिस भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार