यी हुन् एमालेका पाँच जना विजयी उपाध्यक्ष, पृथ्वीसुब्बालाई सबैभन्दा बढी मत

२०८२ पुष ०३ विहीवार
सारांश
  • पदाधिकारी तहको सार्बजनिक भएको मतगणनाको नतिजा अनुसार उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गरेर विजयी भएका छन् ।

काठमाडौँ : नेकपा एमालेको उपाध्यक्ष पाँच जना विजयी भएका छन् ।

 

पदाधिकारी तहको सार्बजनिक भएको मतगणनाको नतिजा अनुसार उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गरेर विजयी भएका छन् । 

 

गुरूङले सबैभन्दा बढी १७३७ मत प्राप्त गरेका छन् । त्यस्तै विष्णु पौडेलले १६७५ मत प्राप्त गरेका छन् भने रामबहादुर थापाले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १२५८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी हुनेमा विष्ट ईश्वर पोखरेल पक्षका हुन् ।

 

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको थियो ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार