एमाले नेतृत्वलाई छोए देश ठप्प पारिन्छ: अध्यक्ष केपी शर्मा ओली
२०८२ पुष ०३ विहीवार
- उनले सरकारले 'मिडिया ट्रायल' र पञ्चायतकालीन शैलीमा जाली मुद्दाहरू लगाएर पार्टीलाई कमजोर बनाउन खोजेको दाबी समेत गरे।
काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि कुनै पनि प्रकारको राजनीतिक वा भौतिक प्रहार भए देश ठप्प पार्ने चेतावनी दिएका छन्।
नेकपा एमालेको सम्पन्न माहाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले एमालेविरुद्ध विभिन्न षडयन्त्र बुनिरहेको आरोप लगाएका छन्। उनले सरकारले 'मिडिया ट्रायल' र पञ्चायतकालीन शैलीमा जाली मुद्दाहरू लगाएर पार्टीलाई कमजोर बनाउन खोजेको दाबी समेत गरे।
ओलीले कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, "म तपाईंहरूलाई भन्न चाहन्छु, एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्दछ। यो सरकार ढल्नुपर्दछ र ढल्नेछ।" उनले अब केवल सडकमा 'चक्का जाम' मात्र गरेर नपुग्ने भन्दै नेतृत्वमाथि प्रहार भए सबै क्षेत्र ठप्प पार्नुपर्ने जिकिर गरेका छन्।
अध्यक्ष ओलीले पार्टी कार्यकर्ताहरूलाई जुनसुकै परिस्थितिमा पनि 'तयारी हालत' मा बस्न आह्वान गरेका छन्। "एमालेलाई छोयो भने संसारमा के-के न गर्छौं भन्नेहरूलाई कामले नै जवाफ दिनुपर्छ," उनले थपे, "जो जहाँ छ, त्यहीँबाट सबै कुरा बन्द गरिदिनुस्, देश ठप्प पारिदिनुस्।"
पछिल्लो समय एमाले नेतृत्वमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको संकेत गर्दै ओलीले अब कुराले मात्र नभई कामले नै प्रतिरोध गर्ने चेतावनी दिएका हुन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’