एमाले महाधिवेशन: ८ बजेदेखि मतगणनाको तयारी

२०८२ पुष ०३ विहीवार
सारांश
  • एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ ।

काठमाडौं: नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

 

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।

 

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ । 

 

केन्द्रीय निर्वाचन आयोगले ८ बजेदेखि मतगणनाको तयारी गरेको छ भने करिब २ घण्टामा गणना सकिने भएको छ । त्यसपछि बिहान ११ बजे महाधिवेशन स्थल भृकुटीमण्डपमा समापन समारोह हुने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार