- केन्द्रीय निर्वाचन आयोगका अनुसार मतगणना शुरु भएको छ र करिब तीन घण्टामा मतपरिणाम सार्बजनिक हुने भएको छ ।
काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना शुरु भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार मतगणना शुरु भएको छ र करिब तीन घण्टामा मतपरिणाम सार्बजनिक हुने भएको छ । आयोगले सबै ३४२ पदको मत परिणाम एकै पटक सार्बजनिक गर्ने बताएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको थियो । नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ । आजै मतगणना सकिएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा समापन समारोह गर्ने तयारी गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’