निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं- प्रधानमन्त्री कार्की
२०८२ पुष ०२ बुधवार
- ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाएको बताउदै निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर रहेको बताएकी हुन् ।
काठमाडौँ : प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर रहेको बताएकी छन् ।
ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाएको बताउदै निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर रहेको बताएकी हुन् ।
उनले भनिन्- ' निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ। त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो ।'
प्रधानमन्त्री कार्कीले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कलानगरी, नेपालकै जेठो स्थानीय तहको रुपमा रहेको ललितपुर महानगरपालिका स्थापनाको १०७ वर्ष पूरा गरेको यस सुखद अवसरमा नगरवासीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत सबैलाई शुभकामना दिदै ललितपुर उमेरले मात्र जेठो छैन, कलात्मक सम्पदाहरुमा पनि जेठो रहेको बताएकी छन् ।
पाटन आफैँमा नेपाली सभ्यता र सौन्दर्यको जीवित संग्रहालय भएको उल्लेख गर्दै उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराउने र यहाँका पुर्खाहरुले छाडेर गएका सम्पदाहरुमा श्रद्धा, साधना र संस्कृतिका सजीव अभिव्यक्ति रहेको बताइन ।
उनले भनिन्- 'यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँट, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको छ। यहाँका झ्याल, ढोका, टुँडाल, गजुर र तोरणहरुले पुर्खाको सीप र सौन्दर्यचेत बोल्दछन्। यहाँका पौभा र थांकाले देशको सिमानाभन्दा निकै परसम्म मितेरी साइनो गाँसेका छन् । बौद्ध र हिन्दू परम्परा यहाँ एकअर्कासँग हातेमालो गर्छन्। विहार र मन्दिरहरू केवल पूजास्थल मात्र होइनन्, शिक्षाका धरोहर पनि हुन्। त्यसैले ललितपुर एक ऐतिहासिक कालदेखि नै ज्ञान, धर्म र सहिष्णुताको केन्द्र रहँदै आएको छ । यी धरोहरको संरक्षण, संवर्धन र पुनर्निर्माणमा यहाँको स्थानीय सरकार र समुदायले गरेको अथक प्रयास प्रशंसनीय छ ।'
प्रधानमन्त्री कार्कीले संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताउदै नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्ने र त्यो जिम्मेवारी र जवाफदेहितामा ललितपुर महानगरले आफूलाई अब्बल सावित गर्न सकेको बताइन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।