पक्राउ परेका उपाध्यक्ष लामा श्रम संस्कृति पार्टीबाट निलम्बित
२०८२ पुष ०२ बुधवार
- कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौँको कपनबाट पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले बुधबार निलम्बन गरेको हो ।
काठमाडौँ : हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले उपाध्यक्ष राजकुमार तामाङ लामालाई निलम्बन गरेको छ ।
कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौँको कपनबाट पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले बुधबार निलम्बन गरेको हो ।
अध्यक्ष साम्पाङले पार्टीका उपाध्यक्ष राज कुमार तामाङ ( देवराज लामा) लाई धेरै बर्ष पहिलेको राजनीतिक गतिविधिका कारण देखाएर पुस १ गते नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भए पछि सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दवाव नपरोस् भन्ने उद्धेश्यले अनुसन्धानको अन्तिम टुङ्गो नलागुन्जेल सम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्वन गरिएको जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’