भीम रावलको टिप्पणी- एमालेमा मैले उठाएको विषय सहि प्रमाणित भयो, प्रतिनिधिहरूले अवसरको उपयोग गरुन
२०८२ पुष ०१ मङ्गलवार
- अहिले घटनाक्रमबाट त्यसबेला मैले उठाएको कुरा कति सही रहेछ भन्ने स्पष्ट भएको छ ।
काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टीका नेता भिम रावलले नेकपा एमालेको महाधिवेशन बारे टिप्पणी गर्दै पार्टीलाई आफुले शुरु गरेको बाटोमा हिँडाउने अवसर एघारौं महाधिवेशनका प्रतिनिधिहरूको सामु आएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले एमालेको दशौँ महाधिवेशनमा आफुले विधि, पद्धति, स्वच्छ निर्वाचन, सिद्धान्त र राष्ट्रियताको कुरा गरी अध्यक्ष पदमा दिएको उम्मेदवारी कति उचित थियो भन्ने अहिले सबैलाई स्पष्ट भएको विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्:
एमालेमा रहँदा दशौँ महाधिवेशनमा मैले विधि, पद्धति, स्वच्छ निर्वाचन,सिद्धान्त र राष्ट्रियताको पक्षमा अडेर अध्यक्ष पदमा उम्मेदवारी दिँदा कतिपयले केपी ओलीसँगको व्यक्तिगत इबी र विरोधको रुपमा चित्रित गर्ने चेष्टा गरेका थिए। मेरो उद्देश्य पार्टीलाई विधि,पद्धति अनुरूप देशको सर्वोपररी हितको दिशामा अगाडि बढाउने र महाधिवेशनमा निर्वाचन स्वच्छ वातावरणमा भई प्रतिनिधिहरूले चुन्ने र चुनिन पाउने अधिकारको निर्वाध उपयोग गर्ने स्थिति बनोस् भन्ने थियो । तर ओलीबाट त्यो प्रक्रिया अवरुद्ध पारियो । अहिले घटनाक्रमबाट त्यसबेला मैले उठाएको कुरा कति सही रहेछ भन्ने स्पष्ट भएको छ ।
अहिले धेरैले केपीको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति र व्यवहारलाई स्वयं भोगेका र देखेका छन्। अतः एमालेको एघारौं महाधिवेशन त्यस्तो प्रवृत्ति र व्यवहारबाट पार्टीलाई मुक्त गर्दै स्वयं पार्टी, देश र जनताको हितमा संगठनलाई उपयोगी बनाउने अवसरको रुपमा प्रतिनिधिहरुले उपयोग गर्न सके भने उचित हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।