एमाले महाधिवेशन: ११ जना केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित
२०८२ पुष ०१ मङ्गलवार
- निर्बिरोध निर्वाचित हुनेमा लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् ।
काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनको आज मतदान हुदैछ । यसक्रममा उम्मेद्वारी दर्ताको अन्तिम नामावली प्रकाशन हुदा ११ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्बिरोध निर्वाचित हुनेमा लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् । लुम्बिनीबाट तीन महिला निर्वाचित हुनुपर्नेमा तीन जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्बिरोध निर्वाचित भएका हुन् ।
त्यस्तै मधेश प्रदेशबाट अमरकुमार यादव र समावेशी मुस्लिम महिलाबाट खाजिदा खातुन सिद्दिकी निर्बिरोध निर्वाचित भएका छन् ।
त्यसैगरी समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मुनीको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका हुन् ।
शनिबारदेखि शुरु भएको एमालेको ११औं महाधिवेशनको आज ४ बजेदेखि मतदान हुदैछ । यस नेतृत्व चयन प्रक्रियामा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’