एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालको कुनै पदमा नबस्ने घोषणा

२०८२ मङ्सिर २८ आइतवार
सारांश
  • उनले अब पदभन्दा बाहिर रहेर पार्टी र जनताको हितमा समर्पित भावनाका साथ काम गर्ने बन्दसत्रमा बताएको एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन् ।

काठमाडौँ: नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

 

एमालेको ११औं महाधिवेशनको बन्द सत्र बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गरेका हुन् । उनले अब पदभन्दा बाहिर रहेर पार्टी र जनताको हितमा समर्पित भावनाका साथ काम गर्ने बन्दसत्रमा बताएको एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन् ।

 

यसअघि आजै बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पनि पदमा नबस्ने घोषणा गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार