- अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीमा आकांक्षीको संख्या ठुलो भएकाले नेताहरुको व्यवस्थापन गर्न संख्या बढाउन लागेको बताइएको छ ।
काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको छ । महाधिवेशनको बन्दसत्र अघि वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बसिरहेको हो ।
बैठकमा विधान संशोधन र बन्दसत्रमा पेश गरिने राजनीतिक प्रस्तावको बारेमा छलफल हुने बताइएको छ । बैठकले गत भदौमा भएको विधान महाधिवेशनले व्यवस्था गरेको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्न लागिएको बुझिएको छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीमा आकांक्षीको संख्या ठुलो भएकाले नेताहरुको व्यवस्थापन गर्न संख्या बढाउन लागेको बताइएको छ ।
केन्द्रीय कमिटीको बैठकपछि बन्दसत्र पनि भृकुटीमण्डपमै हुने छ । यस महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तयारी रहेको छ ।
महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ । ११औं महाधिवेशन अन्तर्गत शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।