लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन्: पूर्ण बहादुर खड्का
२०८२ मङ्सिर २७ शनिवार
- यस्तै, उनले भदौ २४ गते भएको घटनालाई सामान्य युवाहरुको आक्रोसको परिणाम मात्र भन्न पुग्यौ भने त्यो ठूलो गल्ती हुने भन्दै यसबाट सबैले शिक्षा लिनु पर्ने बताए ।
काठमाडौं: नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले नेपालको लोकतन्त्रमाथि आक्रमण भए नेपाली काङ्ग्रेस, नेकपा एमाले र अन्य लोकतान्त्रिक दलहरु सबै एक ठाँउमा उभिएने बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी दल मात्र नभएर नेपाली काङ्ग्रेससँगको समय समयको सहयात्री दल पनि रहेको भन्दै नेपालको लोकतन्त्रमा समस्या आए अझै मिलेर अगाडि बढ्ने बताए ।
उनले भने, ‘नेकपा एमाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी दल मात्र नभएर नेपाली काङ्ग्रेससँगको समय समयको सहयात्री दल पनि रहदैँ आएको कुरा स्मरण गर्न चाहन्छु । जब नेपालको लोकतन्त्रमाथि कालो बादल लाग्न थाल्छ तत्कालै नेपाली काङ्ग्रेस नेकपा एमाले र अन्य लोकतान्त्रिक राजनीतिक दलहरु सबै एक ठाँउमा उभिएर सबै परिस्थितीको प्रतिवाद गर्ने गरेको इतिहास सबैलाई थाहा नै छ ।’
यस्तै, उनले भदौ २४ गते भएको घटनालाई सामान्य युवाहरुको आक्रोसको परिणाम मात्र भन्न पुग्यौ भने त्यो ठूलो गल्ती हुने भन्दै यसबाट सबैले शिक्षा लिनु पर्ने बताए ।
उनले भने, ‘भदौ २४ गतेपछि मुलुकको राजनीति अनिश्चितताको भूमरीमा फसेको देखिन्छ । गत भदौ २३ गते २८ वर्ष मुनिका जेनजी युवा समूहका युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन स्थापनालगायतका माग राखेर शान्तिपूर्ण तरिकाले गरिने भनेको सडक प्रदर्शन अकल्पनीय रुपमा हिंसात्मक बन्न पुगेको थियो भने २४ गते भएको घटनालाई सामान्य युवाहरुको आक्रोसको परिणाम मात्र भन्न पुग्यौ भने त्यो ठूलो गल्ती हुन्छ । त्यो घटनाबाट सबैले शिक्षा लिनुपर्छ ।’
विभिन्न विचार र सिद्धान्तका आधारमा संगठित राजनीतिक दलहरु मध्य जनताले रोजेको दलले मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने प्रणाली देशको मान्यताको प्रणाली भएको भन्दै बहुदलिय संसदीय शासन व्यवस्थामा जनताको संगठित शक्ति भनेकै राजनीतिक दलहरु भएको उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।