मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण
२०८२ मङ्सिर २७ शनिवार
- ठेक्का सम्झौता बमोजिम समयमा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणीय रुपमा प्रस्तुत हुने गरि कार्य अघि बढाउन आग्रह गरे ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज बिहानै नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन् ।
शनिबार बिहान मन्त्री घिसिङले चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’को निरीक्षण गरेका हुन् ।
उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरि ठेक्का सम्झौता बमोजिम समयमा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणीय रुपमा प्रस्तुत हुने गरि कार्य अघि बढाउन आग्रह गरे ।
४२० मिटर लम्बाइ रहेको उक्त पुल रु १ अर्ब ६९ करोड लागतमा बन्न लागेको छ भने पुलको मुख्य निर्माण सुरु गर्नु अगाडीका कामहरु भैरहेको छ ।
पुलको मनसुन सुरु हुनु अघि नै पाएल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पूलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ । पुलको लम्बाइ ४२० मिटर रहेको छ ।
पुलको मुख्य बिशेषताको रुपमा दुइ ठुला पाइलोन कन्क्रिट टावरमा स्टे–केवलबाट पुललाइ सपोर्ट गर्ने सिस्टम रहेको छ । यसैगरी मन्त्री घिसिङले नारायणी तटबन्दको बिषयमा पनि जानकारी लिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।