- एमालेले संसदमा प्रतिनिधित्व गर्ने दलसहित कुल १६ दलहरुलाई महाधिवेशनमा शुभकामना दिन निमन्त्रणा दिएको जानकारी दिएको छ ।
काठमाडौँ: नेकपा एमालेको ११औं महाधिवेशनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।
एमालेले संसदमा प्रतिनिधित्व गर्ने दलसहित कुल १६ दलहरुलाई महाधिवेशनमा शुभकामना दिन निमन्त्रणा दिएको जानकारी दिएको छ । जस अनुसार कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने भएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट नेता देव गुरुङले सहभागिता जनाउने भएका छन् ।
त्यस्तै एमाले महाधिवेशन अतिथि सत्कार कमिटीका अनुसार रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन, जसपाबाट उपेन्द्र यादव लगायतले सहभागिता जनाउने भएका छन् । एमालेले हालै दर्ता भएका नयाँ दललाई भने निमन्त्रणा नगरेको बुझिएको छ । त्यस्तै यस पटक समय अभावमा विदेशबाट कुनै पनि दलका प्रतिनिधि महाधिवेशनमा नआउने एमालेले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।