- नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुने बताइएको छ ।
काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी प्रधानमन्त्री कार्कीले श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्रीमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने भएकी छन् । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुने बताइएको छ ।
हाल कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय रहेको छ । गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले त्यसपछि भदौ ३०, असोज ६ र कार्तिक ९ गते मन्त्रिपरिषदको विस्तार गरेकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’