- विहिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देउवासँगको भेटमा देशको राजनीतिको विषया कुरा भएको र त्यसको परिणाम छिट्टै देखिने दाबी गरेका हुन् ।
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटको अर्थ रहेको र त्यसको नतिजा छिट्टै देखिने बताएका छन् ।
विहिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देउवासँगको भेटमा देशको राजनीतिको विषया कुरा भएको र त्यसको परिणाम छिट्टै देखिने दाबी गरेका हुन् । देउवासँग भएको भेटको आलोचना भएको भन्दै देउवा क्षमता भएरनै देशको पटक पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै ओलीले भने- प्रमुख पार्टीका नेताहरु भेट हुदा देशको बारेमा कुरा हुनु, समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल हुनु स्वाभाविक नै हो । अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोली देखिन्छ । त्यो प्रकट हुन टाइम लाग्छ ।'
अध्यक्ष ओलीले देशमा १४३ दल खुलेको भन्दै नयाँ दलको कुनै सिद्धान्त र आर्थिक दृष्टिकोण नभएको र विभिन्न क्षेत्रमा असफल भएर अहिले दल खोल्ने फेशन चलेको टिप्पणी गरेका छन् । देशमा धेरै दल खुलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।