चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं- मन्त्री घिसिङ
२०८२ मङ्सिर २५ विहीवार
- उनले मधेश प्रदेशका जिल्लाहरुमा रहेको कृषिको अपार सम्भावनालाई ध्यान दिई खेतमा सिँचाइ गर्न विद्युत महशुलमा सहुलियत दिएर प्रति युनिट २ रुपैयाँ मात्र कायम गरिएको उल्लेख गरे ।
वीरगञ्ज: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएकै समयमा चुनाव हुने बताएका छन् ।
बाराको सिमरामा बिहीबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले जेन—जी आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्न र सुरक्षित रुपमा अवतरण गराउन सही र सक्षम नेतृत्व छनोट गर्न आग्रह गरे । उनले भने- 'तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सरकारले आवश्यक तयारी गरिरहेको छ, चुनाव हुन्छ, आन्दोलनले चुनाव मात्र चाहेको हैन, विषम परिस्थितिमा हुन लागेको चुनावपछिको नेतृत्व कस्तो आउँछ त्यतातर्फ गम्भीर भएर सोच्नु पर्ने अवस्था छ, भ्रष्टचार नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, सुशासनजस्ता आन्दोलनको म्याण्डेटलाई पूरा गर्न सक्षम र विश्वासिलो नेतृत्व चुन्नु पर्नेछ, त्यसैले यस्तो महत्वपूर्ण अवसरलाई प्रयोग गरी देशलाई समृद्ध बनाउन र नयाँ दिशातर्फ लैजान सक्ने नेतृत्व ब्यालेटमार्फत छनोट गरौं ।’
सुशासन र सामाजिक न्यायको क्षेत्रमा ठूलो काम गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सही र सक्षम नेतृत्व छनोट गरी मुलकको समग्र क्षेत्रको विकासका लागि अगाडि बढ्नु पर्ने बताए । उनले मधेश प्रदेशका जिल्लाहरुमा रहेको कृषिको अपार सम्भावनालाई ध्यान दिई खेतमा सिँचाइ गर्न विद्युत महशुलमा सहुलियत दिएर प्रति युनिट २ रुपैयाँ मात्र कायम गरिएको उल्लेख गरे ।
मधेश प्रदेशमा औद्योगीकरण र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, सुरक्षित र गुणस्तरीय बनाउन ठूला क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार एवम् सुदृढीकरण भइरहेको उल्लेख गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’