डडेल्धुराबाट काँग्रेस सभापति देउवा एकल शिफारिस

२०८२ मङ्सिर २५ विहीवार
सारांश
  • कांग्रेस डडेल्धुराको बिहीबार बसेको पार्टी बैठकले देउवाको नाम एकल सिफारिस गरेको हो । जिल्ला सभापति भीमबहादुर साउदका अनुसार देउवाको नाम प्रदेश समितिमा सिफारिस गरिएको छ । देउवाले यसअघि नै जिल्लाका नेताहरूसँग आफु अन्तिम पटक चुनाव लड्ने बताएका थिए ।

काठमाडौँ :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट फागुन २१ को निर्वाचनका लागि एक शिफारिस भएका छन् ।
 

कांग्रेस डडेल्धुराको बिहीबार बसेको पार्टी बैठकले देउवाको नाम एकल सिफारिस गरेको हो । जिल्ला सभापति भीमबहादुर साउदका अनुसार देउवाको नाम प्रदेश समितिमा सिफारिस गरिएको छ । देउवाले यसअघि नै जिल्लाका नेताहरूसँग आफु अन्तिम पटक चुनाव लड्ने बताएका थिए ।
 

देउवा यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका सबै निर्वाचनमा डडेल्धुराबाटै विजयी हुँदै आएका छन् ।
 

डडेल्धुराबाट समानुपातिकतर्फ नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रिय सभाका लागि भीमबहादुर साउद र रघुवर भट्टलाई सिफारिस गरिएको छ ।
 

कांग्रेसले केन्द्रबाट फागुन २१ मा हुने निर्वाचनका लागि उय्म्मेद्वर सिफारिस गर्न दिएको निर्देशन अनुसार धमाधम उम्मेदवार सिफारिस भइरहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार