केपी ओली आयोगमा बयान दिन जानुपर्छ: ईश्वर पोखरेल

२०८२ मङ्सिर २४ बुधवार
सारांश
  • पोखरेलले भने सरकारले गठन गरेको आयोगलाई मान्दिन भन्न नपाउने बताए।

काठमाडौँ– नेकपा एमालेका वरीष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलको घटनाको छानबिन गर्न बनेको आयोगमा बयान दिन जानुपर्ने बताएका छन्।

 

बुधबार काठमाडौँमा सम्पादकहरूसँग कुरा गर्दै ११औँ महाधिवशनका लागि अध्यक्षमा उम्मेदवारीसमेत घोषणा गरेका पोखरेलले आयोगसँग असहमति भए पनि ओली बयान दिन जानुपर्ने  बताएका हुन्।

 

जनेजी आन्दोलनले गर्दा प्रधानमन्त्रीबाट सत्ताच्यूत भएका ओली आयोगमा बयान दिन नजाने बताइरहेको समयमा पोखरेलले भने सरकारले गठन गरेको आयोगलाई मान्दिन भन्न नपाउने बताए।

 

सरकारले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको छ। ‘कार्की आयोगको कार्यशैलीप्रति आयोग बन्ने प्रकृयामाथि असहमति हुन पाइन्छ। तर बयान नै दिन जान्न भन्न पाइन्न’, पोखेरेलले भने।

 

उनले संविधानले पूर्वराष्ट्रपतिले पार्टी सदस्यता नवीकरण गर्न नरोकेको र पार्टी विधानले पनि नरोकेको समयमा विद्यादेवी भण्डारीलाई एमालेको पार्टी सदस्यता दिनुपर्ने धारणा राखे।

 

उनले आफू पार्टीभित्रको लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न, सामूहिक निर्णयको सृदृढ गर्न अध्यक्षमा उम्मेदवारी घोषणा गरेको पनि बताए। पोखरेलले हिजो ओलीसँग अध्यक्षमा हारेका माधव नेपाल र भीम रावलजस्तो बन्नका लागि आफूले उम्मेदवारी घोषणा नगरेको जिकिर गरे।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार