सर्वोच्चको आदेशपछि हितेन्द्रदेवको प्राधिकरणमा पुन: पदबहाली

२०८२ मङ्सिर २४ बुधवार
सारांश
  • पद बहाली गर्दै शाक्यले आफुलाई अदालतले न्याय दिएको बताएका छन् ।

काठमाडौँ: हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली गरेका छन् ।

 

सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि शाक्यले बुधबार प्राधिकरण पुगेर पदबहाली गरेका हुन् । शाक्यलाई कार्यालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । पद बहाली गर्दै शाक्यले आफुलाई अदालतले न्याय दिएको बताएका छन् ।

 

आफुले दुई पटक गरेर ६-६ महिना काम गरेको र यस पटक करिब साढे ३ महिना काम गर्न पाउने र यस अवधिमा प्राधिकरणलाई र देशलाई उर्जाको आत्म निर्भर बनाउने बताए । शाक्यले आफुलाई उर्जामन्त्री कुलमान घिसिङसँग मिलेर काम गर्ने बताए । उनले लोडसेडिङ हटेको भएपनि प्राधिकरणमा ठुलो चुनौती रहेको बताउदै उर्जा भनेको अर्थतन्त्रकै ड्राइभर भएकाले यसलाई व्यवस्थित गरेर अर्थतन्त्रलाई अगाडी बढाउने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार