काँग्रेस उम्मेदवार सिफारसि: रुपन्देही- ३ बाट बालकृष्ण खाणसहित ६ जना सिफारिस
२०८२ मङ्सिर २४ बुधवार
- समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको छ ।
बुटवल: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाण सिफारिस भएका छन् ।
क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले क्षेत्र नम्बर ३ बाट खाणसहित ६ जनाको नाम सिफारिस गरेको हो । समितिले प्रत्यक्षमा खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिएका छन् । त्यस्तै समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको छ ।
त्यस्तै रुपन्देही-५ बाट संस्थापन पक्षले भारत शाहको एकल नाम सिफारिस गरेपछि विवाद भएको छ । संस्थापन इतर पक्षले शाहको मात्र नाम सिफारिस गरिएको प्रति विरोध गर्दै उनीहरुले विष्णु पोखरेल, कमल प्रकाश भुसाल र लिला कुमारी पौडेलको नाम सिफारिस गरि केन्द्रमा पठाएका छन् । इतर पक्षबाट सिफारिश भएका पोखरेल र भुसाललाई संस्थापन पक्षले यसअघि कारवाही गको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’