मानव अधिकार महाभेला मंसिर २२ देखि २८ सम्म, १२५ संस्था सहभागी हुने
२०८२ मङ्सिर २१ आइतवार
- महाभेला मंसिर २२ देखि २८ गतेसम्म राष्ट्रिय मानव अधिकार आयोगको सभाहलसहित विभिन्न स्थानमा सञ्चालन हुने भएको हो ।
काठमाडौं : मानव अधिकारको लागि महिला, एकल महिला समूहको संयोजनमा आगामी १७ औं मानव अधिकार राष्ट्रिय महाभेला तथा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०८२ मनाइने भएको छ ।
महाभेला मंसिर २२ देखि २८ गतेसम्म राष्ट्रिय मानव अधिकार आयोगको सभाहलसहित विभिन्न स्थानमा सञ्चालन हुने भएको हो ।
नेपालमा पछिल्ला वर्षहरूमा मानव अधिकारको अवस्था कमजोर बन्दै गएको, द्वन्द्व, हिंसा र आतङ्कका घटनामा वृद्धि भएको तथा संविधानले सुनिश्चित गरेका अधिकारहरू समेत पटक–पटक उल्लङ्घन भइरहेका परिप्रेक्ष्यमा यो महाभेला आयोजना गर्न लागिएको आयोेजक संस्थाले जनाएको छ ।
युवा आन्दोलनपछिको राजनीतिक संक्रमण, राजनीतिक दलहरू, आन्दोलनकारी युवाहरू र अन्य समूहबीच कायम असमझदारीका कारण मानव अधिकार उल्लङ्घन बढ्ने जोखिम देखिएको भन्दै संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याई सबै नागरिकका अधिकार सुनिश्चित गर्न आवश्यक रहेको डब्लुएचआरलेले उल्लेख गरेको छ ।
यस वर्षको महाभेला ‘मानव अधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समुन्नत नेपाल’ मूल नाराका साथ सञ्चालन हुनेछ । राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी महासंघलगायत १२५ मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रका संस्था सहभागी हुने महाभेलामा देशभरबाट एक हजार भन्दा धेरै प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ ।
महाभेलाको प्रमुख आतिथ्यता गृह मन्त्रालयका गृहमन्त्री ओमप्रकाश अर्याल रहने छन् । मुख्य संयोजक तथा एजिन नेपाल र युनिफिकेशन नेपाल सह–संयोजकका रूपमा रहँदै कार्यक्रम व्यवस्थापनमा जुटिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।