सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, छिट्टै पुनर्निर्माण गर्न सुझाव
२०८२ मङ्सिर २१ आइतवार
- सिंहदरबारको भौतिक अवस्था निरीक्षणपछि पूर्वराष्ट्रपति भण्डारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो संवेदनशील सरकारी संरचनामा भएको क्षति नेपाली जनताका लागि दुखद भएको बताइन् ।
काठमाडौं: जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबार परिसरको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार अवलोकन गरेका छन् ।
सिंहदरबारको भौतिक अवस्था निरीक्षणपछि पूर्वराष्ट्रपति भण्डारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो संवेदनशील सरकारी संरचनामा भएको क्षति नेपाली जनताका लागि दुखद भएको बताइन् ।
उनले भनिन्, ‘भदौ २४ गते भएको घटनामा सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि भए । सिंहदरबारको अवस्था परिवर्तन भएको देख्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले छिट्टै पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउनेछ भन्ने आशा गर्दछु ।’
भण्डारीले जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामाथि गरिएको आक्रमण आवश्यक नभएको उल्लेख गर्दै यस्तो घटना देशको इतिहासमै अत्यन्त दुखद भएको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘जेनजी आन्दोलनमा सरकारी भवनहरुमा यस्तो गर्नुपर्ने थिएन, नेपाली जनताको लागि एउटा दुःखद घटना भयो । नेपालको इतिहासमा कहिले नभएको दुःखद एउटा घटना घट्यो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।