परिवर्तनलाई परिणाममा बदल्न सहि मान्छे छानौं- मन्त्री घिसिङ
२०८२ मङ्सिर १७ बुधवार
- परिवर्तनको अवसर आएको बेला भाग्ने हो भने परिणाम नआउने भन्दै अब सबै अघि सरेर लाग्न आव्हान गरेका छन् ।
काठमाडौँ: उर्जामन्त्री कुलमान घिसिङले जेनजी आन्दोलन लामो देखिको फ्रस्टेसनका कारण भएको बताएका छन् ।
उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै घिसिङले अब जेनजी आन्दोलनलाई संस्थागत गर्न सबै लाग्नुपर्ने बताउदै जेनजी आन्दोलन लामो देखिको फ्रस्टेसनका कारण भएको बताएका हुन् । उनले अब सबै वैकल्पिक शक्तिहरु एक ठाउमा आएर यो परिवर्तनलाई परिणाममा बदल्नुपर्ने धारणा राखेका छन् । परिवर्तनको अवसर आएको बेला भाग्ने हो भने परिणाम नआउने भन्दै अब सबै अघि सरेर लाग्न आव्हान गरेका छन् ।
मन्त्री घिसिङले अब समृद्ध हुन धेरै समय नलाग्ने भन्दै देशको समृद्धिको प्रमुख आधार सुशासन भएको बताए । उनले जेनजी आन्दोलनको प्रमुख एजेन्डा पनि सुशासन भएको बताउदै मन्त्री घिसिङले बाहिर बसेर गालि गर्दैमा परिणाम नआउने धारणा राखेका छन् । उनले परिवर्तनलाई परिणाममा बदल्न सहि व्यक्ति छानेर देशलाई अगाडी बढाउनुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’