कुलमान र बालेनको भेटप्रति महेश बस्नेतको टिप्पणी- यी दुई सँगै हुँदा देशले कुन हदसम्मको विनाश देख्नु पर्ने हो !
२०८२ मङ्सिर १५ सोमवार
- बस्नेतले मन्त्री बनेपछि कुलमानले आफ्नालाई ठेक्का दिने नियतका साथ पुराना ठेक्काहरू धमाधम रद्द गरेको र बालेनको बनाउनभन्दा भत्काउनमा जोड दिएको र पूँजीगत खर्च २०-२२ प्रतिशत मात्र रहेको तथा काठमाडौंका सडकहरूमा लगाइएको लाइटमा भ्रष्टाचारको गन्ध, एम्बुलेन्स खरिदमा कमिसन प्रकरण र सिंहदरबार जलाउने मतियार भएको आरोप लगाएका छन् ।
काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका प्रमुख बालेन शाहबीचको भेटका बारेमा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले कथित 'देश बनाउने अभियान' भन्दै यी दुईसँगै हुँदा देशले कुन हदसम्मको विनाश देख्नु पर्ने हो भन्दै प्रश्न गरेका हुन् ।
बस्नेतले मन्त्री बनेपछि कुलमानले आफ्नालाई ठेक्का दिने नियतका साथ पुराना ठेक्काहरू धमाधम रद्द गरेको र बालेनको बनाउनभन्दा भत्काउनमा जोड दिएको र पूँजीगत खर्च २०-२२ प्रतिशत मात्र रहेको तथा काठमाडौंका सडकहरूमा लगाइएको लाइटमा भ्रष्टाचारको गन्ध, एम्बुलेन्स खरिदमा कमिसन प्रकरण र सिंहदरबार जलाउने मतियार भएको आरोप लगाएका छन् ।
उनले भनेका छन्:
कुलमानले ८ वर्षसम्म विद्युत प्राधिकरणको नेतृत्व गरे, तर प्राधिकरण बनेन । ऋण लिएर चलाउनु पर्ने अवस्था, पूर्वाधारहरूको बिजोग ! भ्रष्टाचार उस्तै, अख्तियारमा फाइलको चाङ । मन्त्री बनेपछि आफ्नालाई ठेकेदारी दिने नियतका साथ पुराना ठेक्काहरू धमाधम रद्द, मजदूरको बेहाल ।
अर्को, बालेनले काठमाडौं महानगरको नेतृत्व सम्हालेको साढे तीन वर्ष नाघ्यो । बनाउन भन्दा भत्काउनमा जोड ! पूँजीगत खर्च २०/२२ % मात्र । अरू त अरू काठमाडौं सडकहरूमा लगाइएको लाइटमा भ्रष्टाचारको गन्ध, एम्बुलेन्स खरिदमा कमिसन प्रकरण । सिंहदरबार जलाउने मतियार !
अब, कथित 'देश बनाउने अभियान' भन्दै यी दुई सँगै हुँदा देशले कुन हदसम्मको विनाश देख्नु पर्ने हो, हे बरै !
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’