एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल

२०८२ मङ्सिर १४ आइतवार
सारांश
  • आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् ।

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् ।  

 

आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् ।

 

उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरुमा खस्किदै गयो ।त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भए । तपाईहरु चोइटिनुभयो । तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो । एउटा ठुलो अवसर आएको छ पार्टीको एनआरएनए नबनाईदिनु होला ।’

 

उनले संघको बृहत एकता ठुलो अवसर दिएको भन्दै एनआरएनएलाई सम्रग गैरआवासीय नेपाली जनताको र राष्ट्रको समग्र हितमा राख्नुपर्ने बताए ।

 

मन्त्री खरेलले आजको एकताबाट एनआरएनए कहिलै नझुट्ने, राजनीतिक भन्दा माथी रहने पनि बताए । 

 

‘आजको एकता समारोहमा मैले पटक पटक भन्थे राजनीतिकबाट माथी राखौं । अनि सम्मान बढ्छ । अब एनआरएनए कहिलै भुट्दैन । अब एनआरएनए राजनीतिक भन्दा माथी रहन्छ । अब एनआरएनए जन्मभुमिको लागि अरबौ लगानी ल्याउनको लागि तपाईहरु नै हाम्रो साथी बन्नुहुन्छ । नागरिक सरकारले निर्वाचन अधिकारका लागि काम गर्नेछ,’ उनले भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार