ओलीले नेपाली कम्युनिष्ठमाथि अपराध गरे- भीम रावल

२०८२ मङ्सिर १४ आइतवार
सारांश
  • पोखरामा एकता सन्देश सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कम्युनिष्टहरुमाथि अपराध गरेको आरोप लगाएका हुन् ।

पोखरा: नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले केपी शर्मा ओलीप्रति इंगित गर्दै नेपाली कम्युनिष्टहरुमाथि अपराध गरेको आरोप लगाएका छन ।

 

नेपाली कम्युनिष्ट पार्टीको पोखरामा एकता सन्देश सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कम्युनिष्टहरुमाथि अपराध गरेको आरोप लगाएका हुन् ।

नेता रावलले ओलीले एमालेलाई खरानी बनाएको बताउदै विपरित सिद्धान्त भएको कांग्रेससँग मिलेर बाँडेर खाने सहकार्य गरेपछि उनको पतन भएको दाबी गरेका हुन् ।  उनले भने- 'त्यो पार्टी त खरानी भयो भयो,हाम्रो व्यवस्थापिका, न्यायपालिका जतिबेला आगोमा जलिरहेका थिए, त्यति बेला देशको प्रधानमन्त्रीले न राष्ट्रिय सुरक्षा समितिको बैठक बोलायो, न केन्द्रिय सुरक्षा कमीटीको बैठक बोलायो, बालुवाटारमा पद छोड्दिन भन्यो...जब त्यहाँ आगो लाग्न शुरु भयो तब हेलिकप्टर चढेर भाग्नु पर्यो ।'

 

नेता रावलले एमालेका नेताहरुलाई के को खरानी घस्न प्रतिनिधि बन्न बाँकी छ भन्दै नेपाली कम्युनिष्ट पार्टीमा आउन आव्हान गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार