एमाले बाजुराबाट पार्टीको ११ औं महाधिवेशनका लागी १६ जना प्रतिनिधी सर्वसम्मत
२०८२ मङ्सिर १३ शनिवार
- यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधी छनोट भएका छन् ।
बाजुरा : नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधी छनोट गरेको छ । पार्टीको ११ औं महाधिवेशनका लागि एमाले बाजुराले जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन गरेको हो ।
यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधी छनोट भएका छन् ।
खुला, महिला, दलित र युवा कोटा गरी जम्मा १६ जना प्रतिनिधी सर्वसम्मत छानिएका हुन्।प्रतिनिधी छनोटमा खुला तर्फ ७ जना छन् । जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् ।
महिला तर्फ ४ जना छन्। जसमा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ । दलित तर्फको ४ जनाको कोटामा काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्कीलाई छनोट गरिएको हो ।
त्यस्तै ४० वर्ष मुनिको युवा कोटामा प्रभावशाली युवा नेता नरेश रोकाया सर्वसम्मत बनेका हुन् । रोकाया अनेरास्ववियुको अध्यक्ष हुन् । उमेर हदका कारण रोकिएका थिए । पार्टीका नेता कार्यकर्ता विच आपसी समन्वय,सहकार्य र विश्वासका कारण सहज रुपमा नेतृत्व छनोट भएको एमाले बाजुराका सचिव काँसि विकले बताए ।
पार्टीले सर्वसम्मत चयनलाई आगामी राजनीतिक गतिविधिहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। बाजुरा बाट कर्णबहादुर थापा स्थायी कमिटी, लालबहादुर थापा, सहदेव बोगटी, दयालबहादुर शाही केन्द्रीय सदस्य छन् । भने बसुन्धरा रोकाया आयोग सदस्य हुन् । बाजुराकै कालीबहादुर शाही प्रदेश कमिटी उपाध्यक्ष छन् । उनी प्रदेश कमिटीबाट प्रतिनिधी छानिने छन् ।
नेकपा एमालेको आसन्न महाधिवेशनलाई लिएर आज देशभर प्रतिनिधि चयन गरिँदैछ । केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् । एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिदै छन् ।
झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।