एमालेका महाधिवेशन प्रतिनिधि देशभर एकसाथ आज चयन गरिदै

२०८२ मङ्सिर १३ शनिवार
सारांश
  • कतिपय जिल्ला, जनसंगठन, निर्वाचन क्षेत्र एवम् स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा शुक्रबार नै सर्वसम्मत रुपमा प्रतिनिधि चयन भइसकेका छन् । आज सर्वसम्मत नभएको स्थानमा निर्वाचन गरेर प्रतिनिधि चयन गर्ने तयारी गरिएको छ । एमालेले मंसिर १५ गतेभित्र महाधिवेशन प्रतिनिधिको सबै विवरण पठाउन निर्देशन दिइएको बताए ।

काठमाडौं : नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लागि आज एकैदिन देशभर प्रतिनिधि छनौट चयन हुँदैछ । मंसिर २७-२९ गतेमा काठमाडौंमा हुने पार्टीको महाधिवेशनका लागि आज प्रतिनिधिहरू छनोट गर्न लागिएको हो ।
 

कतिपय जिल्ला, जनसंगठन, निर्वाचन क्षेत्र एवम् स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा शुक्रबार नै सर्वसम्मत रुपमा प्रतिनिधि चयन भइसकेका छन् । आज सर्वसम्मत नभएको स्थानमा निर्वाचन गरेर प्रतिनिधि चयन गर्ने तयारी गरिएको छ । एमालेले मंसिर १५ गतेभित्र महाधिवेशन प्रतिनिधिको सबै विवरण पठाउन निर्देशन दिइएको बताए ।
एमालेको संगठन विभागले प्रतिनिधिको उम्मेदवारी शुल्क एक हजारभन्दा बढी नलिन निर्देशन दिएको छ । 
 

एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् । एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन् । एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ । महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो । भुगोललाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ । एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचितसहितका प्रतिनिधि रहनेछन् । त्यसगरी विशेष जिल्ला, प्रदेश र जनसंगठनबाट पनि प्रतिनिधि कायम हुन्छन् । एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना युवा अनिवार्य गरेको छ ।

एमालको प्रतिनिधि छनोट विधि:
 

संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरु सहित करिब २ हजार प्रतिनिधि छनौट हुँदैछन् ।  यस्तै प्रवास, जनसंगठन र विभागहरुबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् ।  एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रति १२ सयबाट सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ । त्यस्तै प्रति ८ सय सदस्यबाट एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको छ । 
 

त्यसैगरी दलितका लागि प्रति पाँच सय सदस्यबाट एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ भने ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन् । त्यसैगरी जनसंगठनबाट प्रतिजनसंगठन ५ जनाको प्रतिनिधित्व रहनेछ भने महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ । त्यस्तै विभाग र कार्यालयबाट एक-एक जनाको प्रतिनिधित्व रहनेछ । प्रवासबाट महादेश अनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ ।
 

त्यसैगरी केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् । त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन् । यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन् ।
 

एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै  प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सयभन्दा बढी प्रतिनिधि रहनेछन् । पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ । यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार