‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपाल’ को औपचारिक घोषणा

२०८२ मङ्सिर १३ शनिवार
सारांश
  • शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नागरिक हित र राष्ट्रिय सुरक्षा संरक्षणलाई मुख्य एजेन्डाका रूपमा लिएर नागरिक समाजको औपचारिक रुपमा गठन भएको अध्यक्ष नेपालले जानकारी दिए ।

काठमाडौं: फणीन्द्र नेपालको अध्यक्षतामा आज राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपाल नामक नागरिक समाजको औपचारिक रुपमा गठनको घोषणा गरिएको छ ।

 

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नागरिक हित र राष्ट्रिय सुरक्षा संरक्षणलाई मुख्य एजेन्डाका रूपमा लिएर नागरिक समाजको औपचारिक रुपमा गठन भएको अध्यक्ष नेपालले जानकारी दिए ।

 

‘नागरिक हित र राष्ट्रिय सुरक्षा संरक्षणलाई मुख्य एजेन्डाका रूपमा लिएर देशभरका सचेत, राष्ट्रभक्त तथा जिम्मेवार नागरिकहरुको साझा संस्थागत संरचना राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपाल औपचारिक रुपमा गठन तथा स्थापना गरिएको सगौरव घोषणा गर्दछौं ।’ उनले भने ।

 

उनका अनुसार राष्ट्रिय स्वतन्त्र नागरिक समाजले संस्थागत संरचना केन्द्र, जिल्ला, पालिका र वडा स्तरसम्म संगठित रुपमा बिस्तार गर्ने, कतैबाट निर्दिष्ट नभई कसैको दवाब र प्रभावमा नपरी स्वतन्त्र रुपमा कार्य सम्पादन गर्नेछ ।

 

अध्यक्ष नेपालले भदौ २३ र २४ गते जेनजीहरुले उठाएको भष्टाचारविरुद्धको आवाज र सुशासनका बारेमा जेनजीहरुसँग सहकार्य गर्ने पनि बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार