हामीलाई हाम्रो इतिहास गलत पढाईयो: जेन-जी एलाइन्स फर मोनार्की
२०८२ मङ्सिर १३ शनिवार
- बाबुराम भट्टराई जस्ता केहि व्यक्तिहरूको गलत नियतले त्यत्रो ठुलो निर्णय नेपाली जनतालाई सोध्दै नसोधी गरिएको आरोप लगाए।
काठमाण्डौ, १३ मङ्सिर राजसंस्था पक्षधर जेनजी युवाहरूले इतिहासका बारेमा गलत पढाईएको र बुझाईएको आरोप लगाएका छन्।
जेन-जी एलाइन्स फर मोनार्कीले राजधानीमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा एक जेनजी युवती सभ्यता नेपालले सो कुरा बताएकि हुन्। उनले भनिन् 'हामीलाई हाम्रो इतिहास र राजसंस्थाको बारेमा गलत कुराहरू पढाईयो, सहि र वास्तविक कुराहरू पढ्नबाट बञ्चित गराईयो। दलहरूले राजा फ्यालेर गणतन्त्र ल्याए भनेर भने, हामीलाई त्यहि बुझाईयो वास्तवमा राजाले जनताको नासो जनतालाई बुझाएको भनेर आफैँ दरवार छोड्नु भएको हो। राजाहरूले विगतमा राज्य निर्माण गर्न, देश बनाउन गरेको गौरवपूर्ण इतिहास लुकाईयो, ति पढाईएन। अब हाम्रो पुस्ताले राजसंस्था र राजाको बारेमा वास्तविक कुराहरू पढाउनु पर्छ। गलत भाष्यहरू चिर्नुपर्छ, उनले भनिन्।
देशको सार्वभौमिकता रक्षाको लागि राजा आवश्यक रहेको भन्दै अर्का जेनजी युवा मनिस मोक्तानले पनि राजसंस्था पुनर्स्थापनाको लागि जस्तोसुकै संघर्ष गर्नुपरे पनि आफूहरू तयार रहेको बताए। उनि भन्छन, 'भ्रष्टाचार र कुशासनले सिमा नाघेको छ, देशको सबै अङ्गहरू कमजोर भएको छ। देशको राष्ट्रिय पहिचान नै संकटमा पर्ने हो कि भन्ने आशंका छ, त्यसैले अविभावकिय भूमिकामा राजसंस्था अपरिहार्य भैसकेको छ,' उनले थपे।
त्यस्तै जेन-जी एलाइन्स फर मोनार्कीका संयोजक सनातन रिजालले आफूहरूले राजसंस्थाको वकालत गरे पनि त्यो प्रजातान्त्रिक दायराभित्रको राजसंस्थाको वकालत गरेको प्रष्ट पारे। उनले भने 'हामी निरंकुशताको पक्षधर होइनौं, प्रजातन्त्रको विकल्प छैन, तर देशमा अविभावकिय भूमिकामा राजसंस्थाको आवश्यक छ, त्यसैले संवैधानिक हैसियतमा राजसंस्था हुनुपर्छ भनेका हौँ ।'
कार्यक्रममा बरिष्ठ पत्रकार युवराज घिमिरे, पुर्व मंत्री दिपक ज्ञवाली, राप्रपाका नेता सगुन लावती र पुर्व एआईजी रबि राज थापाले पनि आफ्नो धारणा राखेका थिए।
पुर्व मन्त्री दिपक ज्ञवालीले कसरी धोकाधडी तवरले राजसंस्थाको अन्त्य गरिएको थियो भनेर आफ्नो धारणा व्यक्त गरे। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी देशको लागि अत्यन्त घातक हुने कुरा समेत व्यक्त गरे। उनले प्रत्यक्ष कार्यकारी शासन व्यवस्था आए मुलुक नरहनसक्ने अवस्था आउनेसमेत बताए। ‘प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था जतिको खतरनाक नेपालमा केही पनि हुँदैन। त्यो लेण्डुपदोर्जे र जेलेन्सकी जन्माउने प्रपञ्च हो’, उनले भने ‘अप्रत्यक्ष हुँदा त देखिहाल्नु भयो–कस्ता कस्ता रहेछन । हामीले ओली र देउवा देख्यौँ । प्रत्यक्ष कार्यकारी भएको भए यिनिहरुले के गर्थे होलान् !’
साथै पूर्वमन्त्री ज्ञवालीले बेलायत जो आफूचाहिं संसदमा चर्चका प्रतिनिधि राखेर हामीलाई चाहिं धर्मनिरपेक्षता, र धर्म परिवर्तनको अधिकार भन्दै गलत कुरा सिकाउने ? भनेर प्रश्न समेत गरे।
बरिष्ठ पत्रकार युवराज घिमिरेले ०६५ सालमा राजसंस्था हटाएको नेपाली जनताको चाहनाले नभएको बताए। नेपालमा राजसंस्था हटाएर गणतन्त्र ल्याउन कसको भूमिका के छ त्यो जान्नका लागि एसडी मुनिको किताब पढन अनुरोध समेत गरे। बाबुराम भट्टराई जस्ता केहि व्यक्तिहरूको गलत नियतले त्यत्रो ठुलो निर्णय नेपाली जनतालाई सोध्दै नसोधी गरिएको आरोप लगाए।
पूर्व एआईजी रबि राज थापाले नेपाललाई सगरमाथा , बुद्ध र गोर्खालीहरूको देश भनिएजस्तै एक मात्र हिन्दु राजसंस्था भएको देशका रुपमा पनि विश्वमा परिचय भएको बताए। नेपालको राजसंस्था संसारभरीका हिन्दुहरूको आस्थाको प्रतिक र यो नेपालको विशिष्ट पहिचान भएको कुरा उल्लेख गरे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।