- उनले सो पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।
काठमाडौं: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् ।
शुक्रबार पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ नामक पुस्तक लोकार्पण गर्दै उनले पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको बताएका छन् ।
उनले भने, ‘बन्दुक र कलमको समायजोन, लडाई र पढाइको फ्युजन, बारुद र मसिको घोलको समिश्रण आजको गणतन्त्र हो ।’
जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरुले मात्रै नभएर मुलधारका सञ्चार माध्यमका संचारकर्मीहरुले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजैपनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रहेको बताइन् ।
जनयुद्धको समयमा सञ्चार क्षेत्रलाई राज्यद्वारा आक्रमण गरेको र अहिले चौतफी रुपमा आक्रमण भइरहेको बताउँदै शर्माले भनिन्, ‘नागरिकको सहज सूचना पाउने अधिकारप्रति राज्य र सरोकारवाला पक्षहरु गम्भीर बन्नुपर्छ ।’
महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताए । उनले सो पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।
लेखका शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकारहरु सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।