कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरी सर्यो

२०८२ मङ्सिर १२ शुक्रवार
सारांश
  • मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि सरेको जानकारी दिएका हुन् ।

काठमाण्डौ, १२ मङ्सिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि सरेको जानकारी दिएका हुन् ।

 

यसअघि विहिबार बस्ने भनिएको बैठक आज शुक्रबार दिउसो २ बस्ने भनिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अब आइतबार २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने पौडेलले जानकारी दिएका छन् ।

 

यसअघि गत शनिबार बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेपनि महाधिवेशन बारेको विवाद कायम रहेको छ ।

 

संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्ने धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार