- विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको जानकारी दिएको हो । एकीकरणको घोषणा आइतबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा हुने बताइएको छ ।
काठमाण्डौ, ११ मङ्सिर । विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण हुने भएको छ ।
विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको जानकारी दिएको हो । एकीकरणको घोषणा आइतबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा हुने बताइएको छ ।
विवेकशील साझाको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलवीचको 'बृहत्तर ध्रुबिकरण/ एकीकरण प्रस्ताव' लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णयलाई पारित गरेको हो ।
पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरु दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुङ्ग्याईने बताइएको छ ।
वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व. उज्वल थापाको योगदान र 'विवेकशील आन्दोलन'लाई लिपीवद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलवीच एकीकरण भएको विवेकशील साझा पार्टीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।