‘संविधान संशोधनको कुरा गरेर एमालेसँग तालमेल गर्दा देश यथास्थितिवादीको कब्जामा जान्छ’

२०८२ मङ्सिर ११ विहिवार
सारांश
  • जसपासहित ४ घटकसँग एकता समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रियताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन भएको र त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले यो पार्टीमा आएको बताए ।

काठमाडौं : जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका राजेन्द्र श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले यो पार्टी रोजेको बताएका छन् । 


जसपासहित ४ घटकसँग एकता समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रियताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन भएको र त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले यो पार्टीमा आएको बताए । 


आजको एकता जायज रहेको पनि उनको भनाई छ । 


उनले भने, ‘हाम्रो यो आजको एकता जायज छ । हामीले नेपाली कम्युनिष्ट पार्टीसँगको एकता रोज्यौ भन्दा नेपालमा नेपालको राष्ट्रियता, सार्वभौमसत्तामाथि सधैँ कालो बादल घुमिरहेको थियो । लामो इतिहासमा पनि हेर्ने हो भने सधैँ भरि राष्ट्रियताको लागि संघर्ष गर्नुपर्ने अवस्था रहेको थियो नेपालमा, तर नेपालको राष्ट्रियताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन हो अब त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी हो त्यसकारण मैले यो पार्टी रोजेको हो ।’


यस्तै, उनले संविधान संशोधनको कुरा गरेर एमालेसँग तालमेल गर्ने हो भने फेरि दोस्रो संविधान जस्तो प्रतिगामी र यथास्थितिवादीको कब्जामा जाने भन्दै अब अग्रगामी परिवर्तनकारी शक्तिहरु एक ठाँउमा आउनु पर्ने बताए । 


उनले भने, ‘आज कतिपय साथिहरुले भनि रहनु भएको छ, जनता समाजवादी पार्टीलाई जीवित राख्छौ । अनि जीवित राखेपनि निर्वाचन लड्नको लागि के गर्ने भन्दा एमालेसँग तालमेल गर्नुपर्छ पनि भनेर हिनेका रहेछन् । हाम्रो स्पष्ट मत छ अब आउने निर्वाचनमा संविधान संशोधन गर्ने एजेण्डा छ । तपाई कुरा उठाउनु हुन्छ संविधान संशोधनको अनि तालमेल एमालेसँग गर्ने कुरा गर्नुहुन्छ भने फेरि दोस्रो संविधान जस्तो प्रतिगामी र यथास्थितीवादीको कब्जामा जान्छ । त्यसकारण अग्रगामी परिवर्तनकारी शक्तिहरु एक ठाँउमा आउनु पर्छ भनेर आजको एकता गरेका हौं ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार