सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र छिर्न पाउनुपर्छ: हमाल

२०८२ मङ्सिर ११ विहिवार
सारांश
  • माइतीघरमा आन्दोलित रहेको जेनजीहरुलाई समर्थन गर्दै उनले वार्ताको लागि बोलाएर गेटमै रोक्नुजस्तो ठूलो अवमूल्यन केही नभएको भन्दै त्यसले गर्दा आजको अवस्था सिर्जना भएको बताए ।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रविकिरण हमालले सरकारले वार्तामा बोलाएर सिंहदरबारको गेटबाटै छिर्न नदिएको बताएका छन् । 


माइतीघरमा आन्दोलित रहेको जेनजीहरुलाई समर्थन गर्दै उनले वार्ताको लागि बोलाएर गेटमै रोक्नुजस्तो ठूलो अवमूल्यन केही नभएको भन्दै त्यसले गर्दा आजको अवस्था सिर्जना भएको बताए । 


सिंहदरबार कसैको निजी सम्पत्ति नभई सबै जनताको भएको भन्दै त्यहाँ सबैले प्रवेश गर्न पाउनुपर्ने पनि उनको भनाइ छ । 


उनले भने, ‘सरकारले हाम्रा साथीहरुलाई वार्तामा बोलाउनुभयो तर गेटमै रोक्नु भयो । योभन्दा ठूलो अवमूल्यन के हुन सक्छ । अस्ति जुन रगत बगेको थियो त्यो किन बगेको हो भन्ने कुरा सरकारले आत्मसाथ गरेको भए आजको अवस्था सिर्जना हुने नै थिएन् । सिंहदरबार भनेको उहाँहरुको निजी सम्पत्ति होइन् त्यो सबै जनताको सिंहदरबार हो, त्यहाँ सबैले प्रवेश गर्न पाउनुपर्छ ।’


यस्तै, उनले पुरानै निर्वाचन पद्धती राखेर गरिने निर्वाचनले देशमा स्थायित्व नदिएको भन्दै विगतकै अवस्था दोहोराउनको लागि यति ठूलो बलिदान नभएको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार