हाम्रो अभियान वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनि सकेको छ:प्रचण्ड
२०८२ मङ्सिर ११ विहिवार
- बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु पनि अभियानमा प्रवेश गरेको भन्दै यसले यो अभियान सच्चा वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनि सकेको बताए ।
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्तिक १९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु आफूहरुको अभियानमा जोडिएको बताएका छन् ।
बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु पनि अभियानमा प्रवेश गरेको भन्दै यसले यो अभियान सच्चा वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनि सकेको बताए ।
उनले भने, ‘१९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु जसरी हाम्रो अभियानमा प्रवेश गर्नुभएको छ त्यसले के देखाउछ भने यो अब सम्पूर्ण सच्चा वामपन्थी कम्युनिष्टहरुको, सच्चा देशभक्तहरुको अभियान बनि सकेको छ मलाई विश्वास छ आउने दिनमा यसले पूर्णता प्राप्त गर्दै जाने छ र देशको रक्षा गर्ने कुरामा क्रान्तिका उपलब्धीको रक्षा गर्ने कुरामा हामीले नयाँ आन्दोलन छेड्नु छ ।’
यस्तै, उनले अभियान चुनाव जित्नको लागि नभई राष्ट्रको स्वाधिनताको रक्षा, राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्ने उद्देश्यका साथ एउटा बलियो तागत पैदा गर्ने संकल्पका साथ गरिएको अभियान भएको बताए ।
उनले युवा र आम नेपाली जनताको विकास र सुशासनको चाहानालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ एकताको आन्दोलनमा सहभागि भएको पनि बताए ।
उनले भने, ‘नेपालमै रोजगारी सिर्जना गरेर नेपाली युवाहरु जेनजी युवाहरुले जुन आक्रोशका साथ आफ्ना मागहरु अगाडि सारेका छन् । देश विदेशमा भएका लाखौ नेपाली युवाहरुले देशभित्र रोजगारीको वातावरण बनेको हेर्न चाहेका छन् । ती युवाहरुको र आम नेपाली जनताको विकासको चाहानालाई सुशासनको चाहानालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ हामी यो एकताको आन्दोलनमा सहभागि भएको हो । यो एकता आन्दोलन हो ।’
यो एकता एउटा यस्तो शक्तिशालि अभियान हुनेवाला छ, जसले देशलाई र जनताको भावनालाई सम्बोधन गर्ने र भ्रष्टाचारीहरुलाई साच्चि नै कारबाही गर्ने गरि अगाडि बढ्ने पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।