बीमामा रहेको वेतिथिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं:मन्त्री सुधा
२०८२ मङ्सिर १० बुधबार
- बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तरगत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र बीमा भएको भन्दै यो तीनवटा कुरालाई प्राथमिकतामा राखेको बताईन् ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले औषधीको व्यवस्थापन, आपूर्ती र बीमामा रहेको वेतिथि हटाउने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तरगत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र बीमा भएको भन्दै यो तीनवटा कुरालाई प्राथमिकतामा राखेको बताईन् ।
उनले भनिन्, ‘यो सरकार जेनजीको भावना अनुरुप बनेको नागरिक सरकार हो । यसमा हामीले जेनजीकै भावना अनुरुप भ्रष्टाचार निर्मूलको लागि प्रतिज्ञा गरेका छौ र हाम्रो प्रणाली सुदृढिकरण गर्नको लागि प्रतिज्ञा गरेका छौ । मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व लिदैँ गर्दा समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र वेतिथिको पराकाष्टमा रहेको भनेको बीमा हो । यो तीनवटा कुरालाई मैले आफ्नो प्राथमिकतामा राखेको छु ।’
यस्तै, उनले आगामी दिनहरुमा फेरि औषधीको गुणस्तर, मूल्य, प्रणाली र त्यसको अनुगमन आदिका बारेमा कुनै गुनासो नआओस भनेर त्यो प्रकारको पूर्व तयारी गर्न लागि रहेको पनि बताईन् ।
बीमाको सन्दर्भमा हाल भएको बीमालाई नै कसरी सुधार गर्न सकिन्छ र के गरेर जाने भन्ने कुरामा गहन छलफल गर्नुपर्ने भन्दै अहिले यसमा अध्ययनको क्रम जारी रहेको पनि उनले जानकारी दिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।